free website hit counter

मलेसियाले माग्यो एकै पटक ३१ हजार कामदार

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । म्यानपावर व्यवसायीको मनोमानीमाथि धावा बोलेका निवर्तमान श्रम तजा रोजगारमन्त्री गोकर्ण विष्टको प्रयास थियो खाडी राष्ट्रमा जाने कामदारलाई फ्रि भिसा, फ्रि टिकट । तर विष्ट अहिले मन्त्रालयको जिम्मेवारी छैनन् । उनको स्थानमा रामेश्वर यादवले श्रम तथा रोजगारमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै म्यानपावर व्यवसायीहरुले विगतको जस्तो गल्ती नदोहोर्याउन र मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

व्यवसायीहरुको आग्रहलगत्तै तथा श्रममन्त्रीमा यादव आएसँगै मलेसियाले नेपालसँग झण्डै ३१ हजारभन्दा बढी कामदारको माग गरेको हो । विगत लामो समयदेखि रोकिएको मलेसियाको श्रम बजार खुलेसँगै व्यवसायीहरु उत्साहि भएका छन् । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी विभिन्न पाँचवटा क्षेत्रमा ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको छ ।

पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग गरेको हो ।

हेर्नुस् दूतावासको पत्र

सम्बन्धित समाचार