free website hit counter

मल्लकाे अध्यक्षतामा निर्जीवन बीमा व्यवसायी संघको नयाँ कार्यसमिति

beemaadmin
२०८० चैत्र ८, बिहीबार

काठमाडौं । नेपालमा विधिवत दर्ता भई व्यवसाय गरिरहेका निर्जीवन बीमा व्यवसायी संघको आठौँ बार्षिकसभाले नयाँ कार्यसमिति गठन समेत गरेको छ। सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसमा प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका छन। मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन। त्यस्तै कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका छन। त्यस्तै कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन्।

सम्बन्धित समाचार