free website hit counter

महतोले गृह मागेपछि प्रधानमन्त्रीले यसो भने

beemaadmin
२०७८ जेष्ठ १६, आईतवार

काठमाडौं । चुनावमुखी बजेट ल्याएर आफूलाई सुरक्षित बनाएको सरकारले आफूलाई सहयोग गर्ने जसपाको महन्त ठाकुर राजेन्द्र महतो पक्षलाई आज भोलि नै सरकारमा ल्याउने भएको छ । नागरिकता र प्रतिनिधिसभा विघटनमा अदालती फैसला कुरी बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई आज साँझ वा भोलिसम्ममा मन्त्री बनाउन खोज्नुभएको छ । १० वटा मन्त्रालय माग्दै आएको जसपाको उक्त समूहलाई प्रधानमन्त्रीले हाल सात वटामा चित्त बुझउन आग्रह गर्नुभएको बताइन्छ । अहिलेलाई यत्तिमा चित्त बुझाउनुस्,पछिको पुनर्गठनमा सोचौंला भन्दै जसपालाई चित्त बुझाउनु भएको छ । त्यसले जसपाभित्र मन्त्री बन्नेहरुको छनौट र अहिले नै जाने नजानेबारे आज दिउँसोसम्म केही सल्लाह हुने बुझिएको छ । सरकारमा जाने भनिएकोको राप्रपावारे भने कुनै टुङ्गो छैन । मन्त्रीमण्डलमा गृह र अर्थ मन्त्रालय मागेको जसपालाई प्रधानमन्त्रीले स्पष्टसँग ती मन्त्रालय पाईंदैन, दाबी नगर्नुस् भन्नुभएको बताइन्छ । महतोको गृहमा जाने उत्कट चाहनालाई आसन्न मध्यावधि निर्वाचनमा कमाण्ड सम्हाल्न गाह्रो हुने भएकाले अर्को रोज्नोस् भनेर तर्काइएको छ । स्वास्थ्य मन्त्रालयमा सर्वेन्द्रनाथ शुक्लाले तीब्र चाहना राखे पनि बालुवाटारले खानेपानी मन्त्रालयको अफर गरेको छ । तर शुक्लाले ‘त्यो त हुँदैन’ भनेर जवाफ दिएको बुझिएको छ । आगामी पुनर्गठनको निम्ति ओली सरकारमा नयाँ परराष्ट्रमन्त्री बन्ने उम्मेदवारको खोजी हुन थालेको छ । स्रोतका अनुसार पहिलो चरणमा नियुक्त भएका मन्त्रीहरुलाई बिदा दिएर नयाँ अनुहार ल्याउने तयारी भएको हो । एमाले प्रवक्ता, महासचिवलगायतका नेता नै मन्त्रीमा संलग्न भएपछि पार्टीको काममा असर परेकोले त्यसो गर्न खोजिएको हो । स्रोत भन्छ ‘सरकारी ढाँचा, ढर्रा र सलाम खाँदैमा फुुर्सद नभएपछि पार्टी काम लथालिङ्ग हुनसक्छ ।

सम्बन्धित समाचार