काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आफ्ना बीमितको दुर्घटनामा ज्यान गएपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । एलआइसी नेपालले दुर्घटनामा परि मृत्यु भएका नुच्चे नारायण महर्जनका श्रीमतीलाई मृत्यु दाबी रकम प्रदान गरेको हो । एलआइसी नेपालले मृतकका श्रीमती गंगा माया महर्जनलाई बीमा बापत दुई करोड ४२ लाख ५ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो । महर्जनले ८ वर्षअघि एलआइसीको नक्साल शाखा मार्फत डेढ करोड रुपैयाँको बीमा गरेका थिए । दुर्घटनामा परि मृत्यु भएका महर्जनका श्रीमतीलाई एलआइसी नेपालले एक्सिडेन्टल सहितको रकम गरि कुल २ करोड ४२ लाख ५ हजार रुपैयाँ रकम उपलब्ध गराएको एलआइसी नेपालले जनाएको छ ।