free website hit counter

महाप्रसादले बाजी मारे, बने गभर्नर

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेकपा अध्यक्ष पुष्पकमल दाहालका उम्मेदवारलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंकका गभर्नरमा प्रधानमन्त्री केपी शर्मा ओलीका उम्मेदवार महाप्रसाद अधिकारीले बाजी मारेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।
उनी यसअघि डा चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो । नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।

 

आजै गभर्नर छानिने, अधिकारीको पल्लाभारी

सम्बन्धित समाचार