free website hit counter

महामारी नियन्त्रण कोषलाई गर्यो कुमारीले सहयोग

beemaadmin
२०७८ भाद्र ५, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा अग्रणी कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।

कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्न न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार