काठमाडौं । कोरोना कहरले सबै व्यापार व्यवसाय चौपट बनाएको छ । अर्थतन्त्र धरासायी बनाएकै बेला महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ चैत ११ गतेदेखिको व्यतित बीमालेख नविकरणमा लाग्ने बीलम्ब शूल्क शतप्रतिशत छूटको व्यवथा गरेको जनाएको छ ।
कम्पनीले यही असोज ३० गतेसम्म ०७६ चैत ११ गतेदेखि लकडाउन शुरु भएदेखिको बेलाको विलम्ब शूल्क नलिने निर्णय गरेको हो ।
नविकरण शुल्क नजिकको शाखा कार्यालय, बैंक तथा डिजिटल वालेटलगायतका सबै प्रविधिको प्रयोगमार्फत् बुझाउने सकिने पनि स्पष्ट पारेको छ ।