free website hit counter

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । महालक्ष्मी विकास बैंकको न्युरोड शाखाले यही मंसिर ११ गते इन्द्रावती गाउँपालिका१२ भिमटारमा अवस्थित ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ ।
डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी, बैकको मसुरिया शाखाले आइतबार शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

सम्बन्धित समाचार