free website hit counter

महालक्ष्मी लाइफकोको आइपिओ ल्याउने बाटो खुल्यो

beemaadmin
२०७८ आश्विन ५, मंगलवार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६–७७ को ‘एक्चुअरी भ्यालुएसन’ बीमा समितिकाट स्वीकृत भएसँगै महालक्ष्मी लाइफ कम्पनीको आइपीओ जारी गर्ने बाटो खुलेको छ । एक्चुरिअरी भ्यालुएसन स्वीकृत भए सँगै कम्पनीहरुले सबैभन्दा पहिला बीमितहरुका लागि बीमा पोलिसीको बोनसदर घोषणा गर्नेछन् । समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको १०–१५ दिन भित्रमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण तयार पार्न सक्छन् । सो वित्तीय विवरण स्वीकृतका लागि पुनः बीमा समितिमा पठाउनु पर्छ । त्यसपछि मात्रै कम्पनीहरुले साधारणसभा आह्वान गर्न पाउँछन् । ज्योति लाइफले गत वर्ष प्राथमिक शेयर निष्काशन गरिसकेको छ । कम्पनीलाई गत वर्षको जगेडाकोषबाट लाभांस वितरण गर्ने बाटो खुलेको छ । महालक्ष्मी लाइफलाई यस आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत सँगै प्राथमिक शेयर निष्काशन गर्ने बाटो खुला भएको हो । कम्पनीले भ्यालुएसन अनुसार वित्तीय विवरण तयार पारेर समितिमा स्वीकृतिका लागि पठाउन सक्ने छ । उक्त लेखापरिक्षण प्रतिवेदन पारित हुने वित्तीकै कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि रेटिङ एजेन्सीमा इस्युअर रेटिङका लागि पठाउनेछ ।

सम्बन्धित समाचार