free website hit counter

महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक

beemaadmin
२०८० बैशाख १७, आईतवार

काठमाडौं । कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम ४० देखि अधिकतम ५२ रुपैयाँ सम्म पाउनेछन् । कम्पनीको आ।व। २०७७÷७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मुल्याङ्न अनुसार नेपाल बीमा प्राधिकरणको बैशाख १५ गतेको पत्रबाट स्वीकृत गरेको हो । कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरू अर्न्तगत आर्थिक वर्ष २०७७–७८ का लागि तपसिल बमोजिम प्रति वर्ष प्रति हजार बीमाडुमा बोनस दर निर्धारण गरिएको जनाएको छ । कम्पनीको आगामी बीमाङ्गिय मुल्याङ्कन नभएसम्मका लागि सोहि बमोजिम अन्तरिम बोनस दर कायम गर्ने भएको छ ।

सम्बन्धित समाचार