काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७८ लाख रुपैयाँ र बीमालेख धितोमा ९ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरी ३२ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा ५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६४ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल ६ हजार ७६९ बीमालेख जारी गरी ५३ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।