free website hit counter

महालक्ष्मी लाइफद्वारा मृत्यु दावी भुक्तानी

beemaadmin
२०७८ माघ २०, बिहीबार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान अकालमै गएपछि आश्रित परिवारलाई मृत्यू दावी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यूपछि उनको परिवारलाई मृत्यू दावी रकम भुक्तानी दिएको हो । कम्पनीका उप क्षेत्रिय प्रवन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यू दावी रकम हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय गोविन्द योङहाङ्गले एजेन्सी मेनेजर निरा राई मार्फत गएको असारमा पाँच लाखको बीमा गरेका थिए । उनले पाँच लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बीस हजार दावी रकम उपलब्ध गराएको हो । त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा गरेका थिए । सो को समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा गरेको तीन महिना पछि अर्थात असोजमा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।
सन्तानको भविष्यका लागि सो रकमले पढाईमा सहयोग गर्ने भन्दै कम्पनीका उप क्षेत्रीय प्रबन्धक थापाले भविष्यको बारेमा थाहा नभए पनि आजै बीमा गरेर जोखिम बहन गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार