free website hit counter

महालक्ष्मी लाईफको पहिलो वार्षिकोत्सव भव्य सम्पन्न

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पहिलो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । नेपालको बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा रहेको कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गरिसकेको छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन।

कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ । कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ।

२०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पुस मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कूल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ। जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ।

कम्पनीले आ.व. २०७६ ०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लबमा पुग्ने लक्ष्य लिएको छ। कम्पनीले १ महिना भित्र शाखा रहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको छ । वार्षिक उत्सवको अवसर पारेर कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको जानकारी गराएको छ ।

४० जनाले गरे रक्तदान
महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा कम्पनीका सीईओ रमेश कुमार भट्टराईसहित ४० जनाले रक्तदान गरेका छन् ।

 

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार