काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार काठमाडौँमा सम्पन्न भएको छ । सभाबाट आव २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९–८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदाररलगानी कर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आव २०८०–८१ मा बैंकको लेखापरीक्षण गर्न जे। बि। राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।