free website hit counter

महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस

beemaadmin
२०८० चैत्र १८, आईतवार

काठमाण्डौ । महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो । गत जेठ ७ गतेदेखि रिक्त महालेखा परीक्षकका लागि रायासहित १५ जनाले आवेदन दिएका थिए । प्रतिस्पर्धीहरुमध्येबाट सरकारले हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिवको रुपमा कार्यरत रायाको नाम सिफारिस गरेको हो । राया यसअघि अर्थमन्त्रालयको सचिवको रुपमा समेत कार्यरत थिए । उनको अर्थमन्त्रालयकै सचिवमा कमब्याकको सम्भावना रहेको भनिएकै बेला सरकारले महालेखा परीक्षकमा नियुक्तिको सिफारिस गरेको हो । संवैधानिक परिषदले सिफारिस गरेको रायाको नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ । त्यहाँबाट पनि नाम अनुमोदन भएपछि राष्टपतिबाट महालेखा परीक्षकको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार