काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर आज फागुन ५ गतेसम्म भर्न पाइने छ ।
गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ आजसम्म निष्काशन खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
यससँगै हालसम्ममा उक्त आईपीओमा १४ लाख बढीले आवेदन दिएका छन् । मर्चेन्टका अनुसार मंगलबार साँझ ५ः३० बजेसम्ममा १४ लाख ४ हजार २८७ जना आवेदकले २ करोड १६ लाख २५ हजार ६ सय कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् ।
जुन संस्थाले माग गरेको भन्दा ५७।६६ गुणा बढी आवेदन हो । त्यस्तै, सो अवधिसम्म १ लाख ७३ हजार ५९८ जनाको आवेदन भने अनभेरिभाइड नै रहेको क्यापिटलले जनाएको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।