free website hit counter

महिला लघुवित्तको नाफामा भारी गिरावट

beemaadmin
२०८० जेष्ठ १, सोमबार

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड २४ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५२।७९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाको खराब कर्जा अनुपात बढेर ९.८० प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २।९७ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ४६ लाख ४२ हजार रुपैयाँमा सीमित थियो। यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५२.७९ प्रतिशतले घटेर ७ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ८८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३।५७ प्रतिशतले घटेर २० करोड ५८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी २१ करोड ३४ लाख रुपैयाँमा सीमित थियो। चुक्तापुँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। यो अवधिमा संस्थाको रिजर्भको आकार १७।८३ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ बढीको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १४ करोड ७७ लाख रुपैयाँ रहेको थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ३२.१७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १००.५२ रुपैयाँ थियो। पीई रेसियो ६१.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २०३.२४ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार