free website hit counter

महिला व्यवसायी लक्षित महिला उद्यमशील कर्जा

beemaadmin
२०७६ पुष १३, आईतवार

काठमाडौं । महिला उद्यमीलाई लक्षित गर्दै सिद्धार्थ बैंकले महिला उद्यमशीलता विकासको लक्ष्यसहित १५ लाखसम्मको कर्जा सुविधा ल्याएको छ । महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धिका लागि उल्लेख सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराईने सहुलियतपूर्ण कर्जाअन्तगृत ‘महिला उद्यमशील कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ । बैंकले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ भने ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने जनाएको छ ।

यस योजनाअन्तर्गत ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा, अधिकतम रू १५ लाखसम्म लगानीको व्यवस्था छ । वार्षिक ६.०२५ प्रतिशत ब्याजदर रहेको सो सेवामा प्रशासनिक शुल्क नलाग्ने तथा अग्रिम भुक्तानी शुल्क समेत नलाग्ने बैंकले जनाएको छ । रल भुक्तानी सुविधा रहेको यस कार्यक्रममा ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने बैंकले प्रतिबद्धता जनाएको छ ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्वारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार