free website hit counter

माछापुच्छ्रेको किसान कार्ड, चार लाख ऋण

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । बैकिङ पहुँचलाई सबै क्षेत्रमा पुुर्याउने उद्देश्य लिएको माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्यले माछापुच्छ्रे किसान कार्ड सञ्चालनमा ल्याएको छ । सो कार्ड मार्फत् किसानहरुले चार लाखसम्मको ऋण लिन पाउने भएका छन् ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तर्गत किसानहरुले चार लाखसम्मको कृषि कर्जा किसान कार्ड मार्पmत प्राप्त गर्ने भएका हुन् ।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।
पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आवद्ध बाँके जिल्लाको खजुरा गापामा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ ।
सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित समाचार