काठमाडौं । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेको छ । संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१–८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभाँश दिने छ । माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बाणिज्य बैंक बनेको छ ।