free website hit counter

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता

beemaadmin
२०७८ भाद्र २८, सोमबार

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

 

बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

Advertisement
Advertisement

माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा खाता रहेका ग्राहकहरुले भने अनलाइन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पुरा गरी सकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखामा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भए पश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार