free website hit counter

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालमा

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । बैकिङ सेवालाई चुस्त दुरुस्त बनाउन अत्याधुनिक प्रविधिहरुको प्रयोग गर्दै आएको माछापुच्छ्रे बैंकले फेरि एक खुड्किलो उक्लिएको छ । माछापुच्छ्रे बैंक अब मास्टर कार्डको सञ्जालमा आवद्ध घएको छ । माछापुच्छ्रे बैकको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)हरुमा अब मास्टर कार्ड चल्ने भएको छ ।

बैंकको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)हरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आवद्ध भएको हो । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको जनाएको छ।

Advertisement
Advertisement

अव ग्राहकहरुले माछापुच्छ्रे बैंकको १७० भन्दा बढि एटीएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।
बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरु (पीओएस मेसिन)मा भीस, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार