free website hit counter

मान्य खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

beemaadmin
२०८३ आश्विन २७, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भएका यस्ता गम्भीर र संवेदनशील विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले सांसद खगेन्द्र सुनारलाई छानबिन निष्कर्षमा नपुगेसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

Advertisement
Advertisement

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा रहेको उल्लेख गर्दै पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोप, दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा ‘शून्य सहनशीलता’को नीति अपनाउने स्पष्ट पारेको छ।

Advertisement
Advertisement

अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको रास्वपाले जनाएको छ।

पार्टीले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन र पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ। कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत काम गर्ने जोसुकैलाई राजनीतिक संरक्षण नदिइने प्रतिबद्धतासमेत पार्टीले व्यक्त गरेको छ।

सम्बन्धित समाचार