free website hit counter

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र केही खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.०३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १६.५३ प्रतिशत र सञ्चालन मुनाफा ४४.२९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले १ करोड १९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा बढेर २० रुपैयाँ ४४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ। १९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४ करोड रुपैयाँ सापटी तथा ९७ करोड ९५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार