free website hit counter

मुक्तिनाथ दुई खातामा सुविधौ सुविधा

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । ग्राहकलाई सुविधा थप्ने होडबाजीमा बित्तीय संस्थाहरु रहेका छन् । अहिले सामान्य खातामा पनि लाखौंको दुर्घटना बीमादेखि औषधि उपचारको समेत व्यवस्था बैंकहरुले गरिरहेका छन् । यही बेला मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ–संस्थालगायतका संघ–संस्थालाई लक्षित गरी मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता नामक बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात एक हजारमा कुनै पनि संघ–संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ–संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने जनाइएको छ । साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात एक सयमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार