काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०८४–८५ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४–८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो ।
बैंकले सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको हो ।