काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजनामा अधिकतम १० लाख सम्मको दुर्घटना मृत्यु तथा असक्तता बीमा सुविधा दिएको छ ।
बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताको सुविधा ल्याएको जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले सर्वाधिक ब्याजदर प्राप्त गर्नेछन् भने दश लाखको दुर्घटना मृत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन गर्नेछन् । बैंकका अनुसार यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा ग्राहकले वार्षिक ५।५० प्रतिशतका दरले मासिक रुपमा ब्याज पाउने बैंकले जनाएको छ । साथै बैंकले एक वर्षसम्म निःशुल्क भिसा डेबिड कार्ड र हरेक वर्ष मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।
यसबाट ग्राहकले ठूलो लाभ लिनसक्ने बैंकले जनाएको छ । साथै एटीएम कार्डको प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंकले जनाएको छ ।