free website hit counter

मुखियालाई सिईओ नियुक्त गर्न सानिमा लाइफ इन्स्योरेन्सले पायो अनुमति

beemaadmin
२०७७ आश्विन १०, शनिबार

काठमाडौं । बीमा क्षेत्रमा डेढ दशक लामो अनुभव हासिल गरेका अगम मुुखियालाई सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिले अनुमति दिएको छ ।

मुखियालाई सिईओमा नियुक्त गर्न सानिमा लाईफको सञ्चालक समितिले गरेको सिफारिस बीमा समितिले शुक्रबार सदर गरेको हो । यसअघि रिलायबल लाईफबाट राजिनामा स्वीकृत नभएकोले उनको नियुक्ति प्रक्रिया रोकिएको थियो ।

यसै साता रिलायबल लाईफबाट राजिनामा स्वीकृत भएसँगै बीमा समितिले सानिमा लाईफमा सिईओ नियुक्त हुने बाटो खुल्ला गरिदिएको हो । आइतबार मुखियालाई सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले सिइओमा नियुक्त गर्नेछ । यसअघि मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा डेपुटी सिईओ पदमा कार्यरत थिए ।

स्नातकोत्तर तह उत्तिर्ण गरेका मुखिया जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन् । उनले नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष, रिलायवल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा ४ वर्ष काम गरी जीवन बीमाको राम्रो अनुभव हालिस गरिसकेका छन् ।

सम्बन्धित समाचार