free website hit counter

मुन्नीको प्रेममा बाँधिएका बले !

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । ‘भद्रगोल’ बाट उदाएका हाँस्यकलाकार सागर लम्साल ‘बले’ले आज ३१ औं जन्मदिन मनाइरहेका छन् । भद्रगोलबाट सक्किगोनीमा बसाइँ सर्दा अरु चरित्रजस्तै बलेलाई पनि जस्ताको तस्तै उतारिएको छ ।
सागरको चर्चा यतिबेला प्रेमिकासँग जोडेर पनि गर्ने गरिएको छ । टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवडासँग उनी प्रेममा रहेको भनिए पनि उनीहरु दुवैले यसबारे मुख खोलेका छैनन् ।
सागरको जन्मदिनमा प्रिज्माले फेसबुकमा लेखेको शुभकामनाले नै उनीहरु प्रेममा रहेको संकेत देखिएको छ । प्रिज्माले सागरलाई आफूले चिनेको सबैभन्दा प्यारो र मिठो मान्छे भन्दै शुभकामना दिएकी छन् । जवाफमा सागरलले लेखेका छन्, थ्याङ्क यु माया ।

सम्बन्धित समाचार