free website hit counter

मुलुक विकासको आधार बीमा

beemaadmin
२०८० भाद्र १३, बुधबार

मुलुक विकासको आधार बीमा हो भन्ने कुरा नबुझ्नु, बुझ्न नखोज्नु र बुझाउन नसक्नु नै हामी जस्तो विकाससिल राष्ट्रहरुको बिडम्बना हो । मुलुकको समग्र बीकासका लागि गरिने लगानीको सुरक्षा अर्को महत्वपूर्ण पाटो हो । त्यो लगानीको जोखिम बीमालाई हस्तान्तरण गरेर सुरक्षित बनाउन सकिन्छ । कुनै पनि विकास निर्माण सानोतिनो लगानीबाट सम्भव छैन । अरवौंमा हुने लगानीको सुरक्षा बीमाले मात्रै गर्न सक्छ । तर यो चेतना आम मानिसमा मात्र होइन नीति नर्माणमा पुगेकाहरुलाई पनि पूर्ण रुपमा हुन नसक्दा हाम्रो लगानीको सुरक्षा हुन नसकेको हो ।
नीति निर्माणमा भएका कमी कमजोरी, दृष्टि र उपयोगमा कमी जसको फलस्वरुप विकासका लागि गरिने लगानी असुरक्षित बन्दछ । आजको संसार सुरक्षामा नै टिकेको छ । सुरक्षा नै सही मानेका विश्वास हो । यसर्थ चाहे त्यो राष्ट्रिय पुँजी लगानीले प्रतिफलसँग सँगै सुरक्षालाई पनि प्राथमिकतामा लिन्छ । विकासको कुरा गर्दा आर्थिक विकास नै अगाडि आउँछ । आर्थिक विकासका लागि आर्थिक लगानी र उत्पादन वृद्धिमा बीमाको भूमिका महत्वपूर्ण रहेको छ ।

सम्बन्धित समाचार