काठमाडौं । पाकिस्तानको विशेष अदलालते पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको छ । सो निर्णयसँगै पाकिस्तानमा मात्रै होइन सिंगो विश्वमै चर्चाको विषय बनेको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ । विभिन्न एजेन्सीहरुले जनाएअनुसार उदालतको फैसलामा मुशर्रफको मृत्यु फाँसीको सजायभन्दा पहिला भए पनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनु आदेश दिइएको छ ।
पूर्व सैनिक जनरल मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएकोमा पाकिस्तानी सेनाले समेत विरोध जनाइसकेको छ । ४० वर्ष देशको सेनामा काम गर्ने व्यक्ति कहिल्यै देशद्रोही हुन नसक्ने ठोकुवा सेनाले गरिसकेको छ । ७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा स्वास्थोपचार गराई रहेका छन् । (एजेन्सी)