free website hit counter

मृत्युको ग्राफ उकालो लाग्यो, मृतकको संख्या १२०

beemaadmin
२०७७ भाद्र ३, बुधबार

काठमाडौं । पछिल्लो समय नेपालमा संक्रमण दर बढ्दै जाँदा मृत्युको ग्राफ पनि उकालो लागेको छ । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ ।

यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको गौतमले बताए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

सम्बन्धित समाचार