free website hit counter

मृत्यू दाबी रकम भुक्तानी

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यू दावी बापतको रकमको चेक हस्तान्तरण गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शाखा कार्यालय दाङद्वारा आयोजित एक कार्यक्रमको बीच सो चेक हस्तान्तरण गरिएको हो ।
बैदेशिक रोजगारमा जाने क्रममा मल्लले २०७५ कार्तिक १४ गते ५ हजार ३ सय ३० प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए ।
बिमित शेरबहादुर मल्लको कामको सिलसिलामा २०७६ साल श्रावण २२ गते विदेशमा मृत्यू भएको थियो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सो मृत्यू दावी भुक्तानीको रकम निजकी श्रीमती अस्मीता मल्ललाई १४ लाख बराबरको चेक लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी. ले हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार