free website hit counter

मेगाकी सीईओ अनुपमाले दिइन् राजीनामा

beemaadmin
२०७८ चैत्र २५, शुक्रबार

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सिइओको इतिहास बनाएकी मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब एक महिनामात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले बतायो । सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार