free website hit counter

मेगाले  सुविधासहितको नयाँ बचत खातामा १० लाखकाे दुर्घटना बीमा

beemaadmin
२०७६ पुष २२, मंगलवार

काठमाडौं । बैंक अफ दि इयर २०१९ बाट सम्मानित मेगा बैंकले वभिन्न सेवा सुविधासहित मेगा विश्वास बचत खाता नामक नयाँ बचत योजनाका साथै मेगा माया बचत खाताको नयाँ संस्करण ल्याएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले उक्त योजना ल्याएको जनाएको छ । उक्त बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ ।

यस खाताका विशेषताहरुमा मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।  नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउ बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बीमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैंले प्रिमियम शुल्क तिर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स् मार्फत गर्ने भएको छ ।

सम्बन्धित समाचार