free website hit counter

मेगा र गण्डकीको एकीकृत कारोबार असार २१ देखि

beemaadmin
२०७७ असार २०, शनिबार

काठमाडौं । शाखासञ्जाल विस्तार गर्दै देशैभर फैलिने क्रममा रहेको मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पछि आगामी असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो । यससँगै, गण्डकी बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २१ गतेबाट मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक–शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने छन् । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र पाएको मेगा बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार