free website hit counter

मेटलाइफको प्रिमियम भुक्तानी कनेक्ट आइपीएसबाट

beemaadmin
२०७७ मंसिर १८, बिहीबार

काठमाडौं । अब सबैतिर डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने काम भइरहेको बेला मेटलाइफ नेपालले आफ्नो ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन। कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, ‘अहिलेको समयमा जब ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका छन्, हामी कनेक्ट आइपीएससंग साझेदारी गर्न पाउँदा निकै नै खुशी छौं जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ।

ग्राहक केन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझाब अनुसार अघि बढ्ने प्रयास गरिरहेका छौं र हामी ग्राहकहरुको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौ ।’

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार