काठमाडौं । मित्रराष्ट्र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेबमोजिम कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ । कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको बताइएको छ । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्रीहरु ल्याउने छ । यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।