free website hit counter

यति काम गर्न पनि किन आनाकानी ?

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

मानिस स्वत्रन्त प्राणी हो र उसलाई स्वतन्त्रता निकै नै प्यारो लाग्छ। आज सिंगो बिश्व नै कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ ।संसार भरि दिनहु हजारौको संख्यामा मानिसहरु मारिरहेको खवर हामी संचार माध्यमबाट सुनिरहेका छौ। यस्तो विषम परिस्थितिमा पनि हामीहरु  कतिपयलाई हाम्रो सरकारद्वारा लगाइेएको होम Quarantine र hygeine measures हरु पलना गर्न गाह्रो हुँदै गइरहेको छ। हामी हाम्रो देशमा आहिले इटली वा स्पेन र बिश्वका अरु धेरै मुलुकहरु को जस्तो दयनीय स्वास्थ्य अवस्था पक्कैपनी चाहदैनौ होला । हामी सबै आफ्नु आमा, बुवा, हजुरबुवा, हजुरआमा र हामीले माया गर्ने प्रियाजनहरु स्वास्थ्य, सुरक्षित र COVID-19 बाट सन्क्रमित नहुन भन्ने चाहन्छौ । हामी अनुशासित भएर घरमा बसी दिदा यो भाइरस फैलिने सम्भावना कम भएर जान्छ  जसले गर्दा धेरै  व्यक्तिहरू  मृत्‍युको मुखमा पुग्न बाट जोगिन सक्छन । तेसैले हामी घरमै बस्न आफ्नु सामाजिक सम्पर्क सकेसम्म न्यूनतम राख्न किन महत्वपूर्ण ?

 

हाल सरकारले लिएका धेरै नितीहरु यो भाईरसको घाताङ्कीय वृद्धि (exponential growth) रोक्नका  लागि र यो संक्रमणको सङ्लोलाई तोड्नका लागि हो। Exponential growth त्यती बेला हुन्छ जब कुनै बस्तुको वृद्धि समयसगै गणितीयरुपमा हुन्छ । यो हाल कोरोना भाईरसको मामलामा लागु हुन्छ। अर्थात भाईरस बाट संक्रमण  हुने हरु को संख्या  लगभग हरेक ३ दिनमा दोब्बर  हुने गर्दछ। यही क्रमले ३ दिन पछि दोब्बर, ६ दिन पछि चौगुना र ९ दिन पछि ८ गुना बढी मानिसहरु संक्रमित  हुने सम्भावना रहने गर्दछ। त्यसैले यस्तो  किसिमको वृद्धि सुरुमा हेर्दा सामान्य  देखिए पनि  यसले एक पटक आफ्नो गती लियपछि यसलाई रोक्न धेरै  गाह्रो पर्दछ। त्यसैले सुरुमा यसलाई  हल्का रुप मा लिने  मुर्खत कदापी  गर्नु हुँदैन। दुर्भाग्यबस त्यसको परिणाम  केही देशहरुले अहिले भोगी रहनु परेको छ । अहिलेको समयमा हामीले भाईरस को वृद्धिदरलाई नुनतम राख्नु धेरै नै महत्व पूर्ण छ। यसका लागि हामी सबैजना अनुशासित रहनु अति नै जरुरी छ।

 

यस्तो  परिस्थितीमा मेरो तर्फ बाट के गर्न  सक्छु ?

 

  • सामाजिक सन्जालमा गलत जानकारी फैलाउने काम नगर्नुहोस्।  धेरै जसो सामाजिक सन्जाल र अन्य मिडियामा प्रकासित अनाधिकृत र अप्रमाणित समाचार को पछि नलाग्नुहोस। सहि जानकारीको को लागि अधिकारिक समाचार संस्था को वेबसाईट मा गएर जानकारी लिनु होला : उदाहरण को लागी  विश्व स्वास्थ्य संगठन  Coronavirus (COVID-19) events as they happen वा नेपालको स्वास्थ्य विभाग https://dohs.gov.np/
  • सार्वजनिक स्थानमा सकेसम्म थोरै समय रहने  प्रयास गर्नुहोस् (केवल आपतकालीन अवस्था लागि)

यदि यि स्थानमा निस्कनु परेको अवस्थाहरूमा कम्तिमा १.५  – २ मिटर  अन्य व्यक्तिहरूबाट टाढा रहनुहोस् ।

  • सरकार द्वारा सिफारिश गरिएको दिशानिर्देश कडाईका साथ पालन गर्नुहोस ।
  • राम्रो सँग हात धुने बनी बसाल्नुहोस्,हात मिलाउने र अङालो  हाल्ने काम नगर्नुहोस ।
  • हात नधोइकन वा सफा नगरी अनुहार छुने नगर्नुहोस् किनभने एसो गर्दा किटाणुहरू हातको माध्यम बाट हाम्रो शरीरमा (आँखा, नाक वा मुख हुदै ) प्रबेश गर्छन।
  • सार्वजनिक यातायातमा यात्रा नगर्नुहोस।
  • निजी कार्यक्रमहरू  जस्तै (जन्मदिन भोजहरू, पारिवारिक जमघटहरू, खेल) आयोजना गर्ने  वा भाग लिने नगर्नुस।
  • सहयोग को खाँचो  रहेका मानिश हरू जस्तै वृद्ध, अशक्त , अपाङ्ग हरु लाई सक्दो सहयोग गर्नुहोस्।  याद रहोस सहयोग गर्दा आवश्यक दूरी काएम  गर्न, हात को सरसफाई मा ध्‍यान दिन नभुल्नुस। यस्तो  कुरा मा लापरवाही गर्नाले आफ्नो तथा अरुको स्वाथ्य मा गहिरो असर पुग्दछ।
  • यदि तपाईंलाई सामान्य फ्लू जस्तो लक्षण हरू अथवा हल्का श्वास-प्रस्वास सम्बन्धि समस्या देखिएको छ भने तपाईं घरमा बस्न सक्नुहुन्छ। यदि तपाईं को रोग  प्रतिरक्षा प्रणाली राम्रो छ भने तपाईं सम्भवतः १-२ हप्ता भित्रमा मा संक्रमण बाट मुक्त हुनुहुनेछ।
  • आपतकालीन अवस्था नभए सम्म स्वास्थ्य चौकी अथवा हस्पिटल नजानुहोस्
  • COVID-19 संक्रमण को आशंका लागेमा तथा स्वास-प्रश्वास ज्यादा समस्या देखिएमा सरकार ले निर्धारण गरेको स्वास्थ्य निकाय मा मिलेसम्म पहिला टेलिफोन सम्पर्क गरेर मात्र जानुहोस्। स्वास्थ्य संस्था मा जादा अरु लाई संक्रमण नहोस भन्नका लागि सावधानी अपनाउनुहोस्।
  • यदि तपाई Home quarantine मा हुनुहुन्छ भने आफूलाई पारिवारिक तथा सामाजिक सम्पर्क बाट पूर्ण रुप मा अलग गर्नुहोस्। घर मा सुत्न, बस्न, खाना खान अलग  प्रबन्ध मिलाउनुहोस। साथै आफ्नो लागि संभव भए सम्म अलग शौचालय को  बेवस्था गर्नुहोस्। व्यक्तिगत सरसफाई तथा Medical hygiene को पूर्ण रुप मा अनुसरण गर्नुस।

 

  • Munich, Germany

सम्बन्धित समाचार