free website hit counter

यसकारण महत्वपूर्ण छ व्रतपछि कर्कलाे

beemaadmin
२०७७ भाद्र ६, शनिबार

हाम्रो देश बहुभाषिक, सांस्कृतिक, भौगोलिकलगायत धेरै कुरामा विविधता छ। संस्कृतिको धरोहर नै मान्नुपर्दछ जहाँ प्रत्येक महिना पश्चात चाडपर्वहरुको आइरहन्छन् र पर्वको चलनअनुसार मनाउँदै गरिन्छ पनि । प्राय अधिकांश धर्मावलम्बीहरू पर्वहरूमा व्रत बस्ने गर्छन । नेपाली हिन्दु परम्परामा पनि दशै र तिहारबाहेकका अधिकांश पर्वहरूमा व्रत बसिन्छ । जसमा श्रावण सोमबार, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, तिज, पंचमी, ठुलो एकादशी, होली ईत्यादि पर्दछन् । यस्ता पर्वहरूमा व्रत बसेको अर्को दिन खाइने खाना मुलायम, नरम, सुपाच्य र पोषणयुक्त हुन जरुरी हुन्छ । यसले गर्दा मानव शरीरको पाँचवटा प्रणालीलाई काम गर्न सजिलो होस् भन्ने वैज्ञानिक आधार हुन्छ र यसैमा केन्द्रित तथ्यहरूको केही बुँदाहरु निम्न छन्

१. व्रत बसेको बेला पाचन प्रणालीको अवस्थासँगै व्रतको वेलामा शरीरलाई चाहिने पोषण तत्वको मात्रा पूरा नहुनाले शरीर कमजोर हुनु एउटा कारण हो भने शरीरमा पानीको मात्रा पनि घट्नु अर्को कारण हो। यस्तो समयमा मानव शरीर शिथिल भई भोजन नलि सुख्खा हुने, आन्द्रा, आमाशय कमजोर भई पाचन प्रक्रिया नै गडबड बनाई शारीरिक शिथिलता पैदा हुन्छ।

२. व्रतपछि खाइने खाना कस्तो हुनुपर्दछ ?
व्रत वसिसकेपछि शरीर सुक्खा हुने र भोजन नली पनि कडा हुनाले मुलायम, नरम खाना पहिला खानुपर्दछ जसमा नरम सुप, क्रिम र बटर राखेर पहिला खाँदा भोजन नाली, आमाशय, आन्द्रालाई नरम बनाई पछि खाइने खानालाइ पाचन योग्य बनाउँदछ। त्यसपछि मुख्य अन्य खाना खादा आन्द्रामा, पेटमा खानको कारणले घाउ चोट नलागी खाना पाचन योग्य हुन्छ।

३ कर्कलो र तीज
प्राय परम्परागत रुपमा नेपाली समुदायमा तीजको व्रत पछि पंचमी पूजा गरेपछि सम्भव भएसम्म कर्कलोको तरकारीसँग भात खाइन्छ। यो वैज्ञानिक र पोषण विज्ञानसम्मत त जबकि कर्कलो खानेलाई नै थाहा छैन होला किन कर्कलो नै रोजिन्छ। यसको प्रयोग निकै उत्कृष्ट छ किनकि कर्कलोमा पर्याप्त मात्रामा आइरन र खनिज पदार्थहरु साथै अन्य पोषण तत्वहरु पाइने हुँदा शरीरलाइ छिटै सन्तुलनमा ल्याउँछ। कर्कलो चिप्लो हुने हुँदा भोजन नाली र आन्द्रा हरुलाई पनि मुलायम बनाई छिट्टै सक्रिय बनाई पाचन प्रणाली चुस्त राख्दछ त्यसैले यो व्रतपछि महत्वपूर्ण खाना हो।

४. व्रतपछि भिन्डीको प्रयोग
प्राकृतिकरुपमा खाना योग्य हुने वा नेपाली संस्कारमा लुतो फालेपछि वा साउने संक्रान्ति पछिमात्र हाम्रो संस्कारमा हरिया कर्कलो खाने योग्य हुन्छ यसको गानो समेत खानलाई भदौ लाग्दा खान योग्य हुने हुँदा तीजमा नै कर्कलोको प्रयोग गर्न थालियो भने चिप्लो भिन्डी श्रावण श्रमबाट व्रत बस्नेहरुले प्रयोग गर्न थाले। भिन्डीको प्राकृतिक उत्पादन समय पनि हो र कर्कलोको जस्तै काम भिन्डीले पनि गर्दछ। सम्भव भएसम्म व्रतपछि यसको तरकारी वा सुप प्रयोग गर्न सकिन्छ।

५. विकल्प
व्रतपछि कर्कलो र भिन्डि नपाएमा सामान्य प्रकारको सुप बनाई अन्य खाना खान सकिन्छ। जसमा दाल, क्रिम सुप, मस्रुम सुप आदि

६. तरीका फरक
व्रतपछि प्राय सलाद र मुख्य खाना क्रमश भएपनि हाम्रो संस्कारमा कर्कलो भिण्डीसँग सिधै मुख्य खाना वा भात, रोटी खान सकिन्छ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार