free website hit counter

यसकारण मारिएका रहेछन् पुजारी

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काठमाडौँ । एउटा मन्दिरका पुजारीलाई दिनदहाडै गोली हानेर हत्या गर्दा त्यहाँ धार्मिक सद्भाव भड्काउनेसम्मको योजना रहेको अनुमान गरिए पनि घटना अन्यत्रै मोडिएको छ । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई सार्वजनिक गरेको हो । रौतहटको बौधिमाई नगरपालिका–७ वडकी बंकुल एरियाबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्रेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सिंहले बताए । यस्तै घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अपराधीको खोजी कार्य भइरहेको सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए । मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए ।
यस्तो रहेछ हत्या गर्नुको कारण
– राम नरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा बारम्बार विवाद भइरहने गरेको ।

– मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुन, पानी खाने र घटना हुनुभन्दा तीन दिनअघि पनि नरेश र पुजारीबीच विवाद भएको ।

– गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेललगायत अन्य धेरैपटक विवाद भएको छ ।

सम्बन्धित समाचार