free website hit counter

यसरी फेरियो मन्त्रिसँगै अध्यक्ष नियुक्तिको सिफारिश

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको अध्यक्षमा डा. विजय न्यौपानेलाई नियुक्ति गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएका थिए । तर स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकाल आउनेबित्तिकै मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव पनि फिर्ता ल्याइयो । सो पदमा मन्त्रि अनुकुलका डा. निर्मल लामिछानेलाई ती वर्ष पदावधि रहने गरी नियुक्ति गरिएको छ । एउटै क्याबिनेटमा मन्त्रि परिवर्तन हुनेबित्तिकै राजनीतिक नियुक्तिमा पनि खिचातानी हुँदा संस्थामा राजनीति कसरी घुस्छ र नियुक्तिमा नेतृत्वबाट कसरी हस्तक्षेप गरिन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ भरतपुर क्यान्सर अस्पताल ।

सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्मा समेत प्रस्ताव दर्ता गरिए पनि निर्णय नहुँदै आधा बाटोबाटै प्रस्तावलाई फिर्ता लिएर स्वास्थ्य मन्त्रालयभित्रको बेथिती अन्त्य गर्छु भन्ने मन्त्री ढकालको आश्वासनलाई कसरी विश्वास गर्ने ? व्यक्ति परिवर्तन हुनेबित्तिकै थिति बस्छ भन्ने यदि मन्त्रीको बुझाई हो भने त्यो भ्रम मात्रै हो । नियुक्ति हुने निश्चित जस्तै भएर बधाई समेत खाएका न्यौपानेकै अगुवाईमा बिहीबार नवनियुक्त अध्यक्ष लामिछानेलाई स्वागत गरिएको छ । भरतपुर क्यान्सर अस्पताल पछिल्लो समय सुधारतर्फ उन्मुख भइरहेको अवस्थामा वर्तमान मन्त्रीको हस्तक्षेपकारी नीतिले कसरी अगाडि बढ्ला प्रतिक्षाको विषय बनेको छ ।

सम्बन्धित समाचार