बीमा बजारमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने धेरै राम्रो छ जबकि एउटा बीमा सम्बन्धी गोष्ठीमा मान्छे जम्मा हुँदा गाडी पार्किङ स्थलमा महंगा गाडी देखेमा ओहो ! एजेन्टहरु पनि आका रहेछन् भनेर आश्चर्य बोध गर्ने गर्दछन् ।
वार्षिक २२/३० औं करोड कमाउने अभिकर्ताहरु धेरै छन् र दक्षिण अफ्रिकाकोको केपटाउन सहरमा एकजना अभिकर्ता बीमा शुल्क उठाउन हेलिकप्टर चार्टर गरेर जान्थे । उनको नाम Gideon du Plessis हो र सरदर वार्षिक २७ करोड (नेपाली रुपियाँ बराबर) कमाउँदथे र उनका ग्राहक भनेका ६० प्रतिशत मध्यमवर्गीय परिवारका थिए । उनले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए भने वार्षिक ७०० बीमालेख बिक्री गरी सधै एमडीआरटी क्लब मीट गर्दथे।
कस्तो थियो त उनको बीमालेख बिक्रीका तरिकाहरु
– प्रत्येक दिन कम्तिमा ६÷८ जनालाई भेट्ने
– ग्राहक समस्याको समाधान खोज्ने
– सबै स्थानमा उपस्थिति पुर्याउने
– नम्र रुपमा प्रस्तुत हुने
– आफ्नो क्षेत्रमा दक्षता प्राप्त गर्ने
– व्यक्तिले व्यक्ति किन्ने हो बीमालेख होइन
– समयको व्यवस्थापन राम्रोसँग गर्ने
– ग्राहक भनेको हात्ती जस्तै महान हुन् जसलाई सधै सम्मान गर्नुपर्छ
– भरपुर इच्छाशक्ति राख्ने
– आफू कुन बिषयमा कुरा गर्दैछु भन्नेमा पूर्ण विश्वस्त हुनु
– कुराकानीमा परिवार, स्वास्थ्य र धन लाई प्राथमिकता दिएर कुरा गर्नु
नुरराज कडेल