free website hit counter

यस्ता छन् एनआईसी एसियाका न्यू सुपर चमत्कारिक निक्षेपका विशेषता

beemaadmin
२०७६ पुष २२, मंगलवार

काठमाडौं । ग्राहकलाई समय सापेक्ष सेवा तथा सुविधाहरुवृद्धि गर्दै लगेको एनआईसी एसिया बैंकले २१ लाखसम्मको बीमा सुविधा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहक महानुभावहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नुहुनेछ ।  औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग ओपीडी उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभ्रेष्ट बीमा कम्पनीलाई तिर्ने जनाएको छ । करिब २० लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।

सम्बन्धित समाचार