काठमाडौं । समय सापेक्ष रुपमा आफ्ना सेवालाई परिवर्तन गर्दै ग्राहकमुखी बनाउँदै अघि बढेको नबिल बैले चाडपर्व नजिकिँदै गर्दा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने जनाएको छ । बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ । यस योजनाअन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९५ ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८।५५ ब्याजदर प्रदान गर्दैछ । २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९।२५५ ब्याजदर र५ व्ँर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९।५०५ ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैंकले जनाएको छ ।
साथै, कर्जा अन्तर्ग घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ । त्यसैगरी, साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत, एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ । यस कठिन समयमा नबिल बैंकलेसँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रती उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।’
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाई कम गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।