free website hit counter

यस्तो छ एशियन लाइफको नयाँ बोनसदर

beemaadmin
२०७८ कार्तिक १०, बुधबार

काठमाडौं । जीवन बीमा व्यवसायमा आफ्नो गौरवमय उपस्थिति जनएको र छोटो समयै आम मानिसको मन जित्न सफल एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आ.व. २०७६–०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र मार्फत स्वीकृत गरि न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर निधारण गरेको छ । बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले यस बीमालेख योजनामा १४ वर्ष अवधिसम्मको लागि र ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि हजार ६० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।
त्यस्तै, सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले यसमा उमेर निधारण अनुसार १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख न्युनतम ४४ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले उमेरहदमा १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर निधारण गरेको छ ।
कम्पनीले नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखमा न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनलिे उमेरहद छुटाए अनुसार १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५८ रुपैयाँसम्म बोनसदर निधारण गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार