free website hit counter

यस्तो छ कोरोनाको पछिल्लो अवस्था, १८ जनाले ज्यान गुमाए, ३५५६ नयाँ संक्रमति, उपत्यकामा संक्रमण भयाबह बन्दै

beemaadmin
२०७७ आश्विन २७, मंगलवार

काठमाडौं । नेपालमा आज एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ। १५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ। मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन्।

नयाँ संक्रमित ३५५६
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। आज देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

उपत्यकामा फैलँदो संक्रमण
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार