free website hit counter

यस्तो छ नेपाल पुनर्बीमा कम्पनीको वित्तीय अवस्था

beemaadmin
२०८० भाद्र २८, बिहीबार

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६० करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने जीवन व्यवसायबाट २ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फको नाफा १२.१३ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको निर्जीवन व्यवसायतर्फको खर्च घटेको छ भने जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ७ करोड ५८ लाख रुपैयाँ र जीवनतर्फ ३ करोड १८ लाख रुपैयाँ व्यवस्थापन खर्च भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः ७ करोड ९९ लाख रुपैयाँ र १ करोड ४० लाख रुपैयाँ थियो। तेस्रो त्रैमासमा यो कम्पनीको आयव्यय सारिएको हिसाबबाट निर्जीवन व्यवसायतर्फ ८४ करोड ४ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ ११ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा निर्जीवनतर्फ यस्तो नाफा ३७ करोड १८ लाख रुपैयाँ थियो भने जीवनतर्फ ४ करोड ७० लाख रुपैयाँ घाटा थियो। लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ १ अर्ब ५ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ६६ करोड १७ लाख रुपैयाँ र ३ करोड १७ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर ३ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ भने जगेडा तथा कोषमा ४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ५४ करोड रुपैयाँको थियो भने जगेडा तथा कोषको आकार ३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ २ अर्ब ७९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ५३ करोड आर्जन गरेको थियो। यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा १ अर्ब ४६ लाख बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आर्जन १ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.८२ रुपैयाँ। पीई अनुपात १४५.५७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४.४६ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार