free website hit counter

यस्तो छ रिलायन्स लाइफको नयाँ बोनसदर

beemaadmin
२०७८ आश्विन १२, मंगलवार

काठमाडौं । जीवन बीमा व्यवसायको क्षेत्रमा आफ्नो नाम स्थापित गरिसकेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्यांकन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको जनाएको छ । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्यांकन स्वीकृत पाएको एक साता पनि नबित्दै नयाँ बोनसदर घोषणा गर्न सफल भएको छ ।
कम्पनीले न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गरेका छन् । कम्पनीले सर्वाधिक बीमालेखमा न्यूनतम ३० देखि अधिकतम ६०, सर्वाधिक तथा आजीवनमा ३० देखि ४५ रुपैयाँसम्म, अग्रीम भुक्तानीमा ४१ देखि ४५ रुपैयाँ सम्म, बार्षिक अग्रीम भुक्तानी, मुद्धती नियमित शुल्कमा २४ रुपैयाँ र बार्षिक अग्रीम भुक्तानी, मुद्धती एकल बीमा शुल्कमा ५४ रुपैयाँ र सबैभन्दा कम सामूहिक १९ रुपैयाँ बोनसदर निधारण गरेको छ ।

सम्बन्धित समाचार