free website hit counter

यस्तो छ रिलायन्स लाइफको नयाँ बोनसदर

beemaadmin
२०७९ पुष १९, मंगलवार

काठमाडौं । जीवन बीमा बजारमा आफ्नो अलग्गै पहिचान बनाउन सफल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७७–०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । घोषित बोनसदर अनुसार बीमितहरुले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । कम्पनीको बोनसदर बीमा प्राधिकरणबाट यही पुस १७ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरमा सातवटा बीमालेखअन्तर्गत बीमितहरुले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा सावधिक बीमा योजनामा सबैभन्दा बढि ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस दर पाउने छन् । त्यस्तै, सावधिक तथा आजीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरेकोछ । साथै अग्रिम भुक्तानी सावधिक बीमा योजनाअन्तर्गत बीमितहरुले न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बोनसदर प्राप्त गर्नेछन् भने कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमा योजनाअन्तर्गत कम्पनीले सबै अवधिका लागि २४ रुपैंयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, वार्षिक अग्रिम भुक्तानी–मुुद्दती एकल बीमा शुल्क बीमा योजनाअन्तर्गत कम्पनीले सबै अवधिका लागि ५४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यसका अलावा सामुहिक सावधिक बीमा योजनाअन्तर्गत बीमितहरुले सबै अवधिका लागि १९ रुपैयाँ बोनसदर पाउनेछन भने सीमित भुक्तानी सावधिक बीमा योजना अन्तर्गत बीमितहरुले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

सम्बन्धित समाचार